दफा १०१
सहयोग लिन र दिन सक्ने
(१) संघीय संसद तथा यसका समितिहरुको कामको लागि सचिवालयले नेपाल सरकारको कुनै मन्त्रालय, विभाग, कार्यालय, संवैधानिक निकाय, विदेश स्थित नेपाली राजदूतावासका साथै नेपाल सरकारको स्वामित्व भएका संघ, संस्था र स्थानीय निकायबाट आवश्यक जनशक्ति तथा अन्य सहयोग लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम माग गरिएको सहयोग उपलब्ध गराउनु सम्बन्धित निकाय वा पदाधिकारीहरुको कर्तव्य हुनेछ ।
(३) सचिवालयको सहमतिमा नेपाल सरकारले सचिवालयका कर्मचारीलाई काजमा राखी आवश्यक सेवा लिन सक्नेछ ।